ट्रेन्डीङ्ग

नेपाली कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन भोलि देखि भैरहवामा हुने

मंसिर १५ भैरहवा ।नेपाली कांग्रेसको १४अौ महाधिवेशन अन्तर्गत लुम्बिनि प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रिय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवामा रहेको महेन्द्र सभागृहमा भोलि मंसिर १६ गते दिउसो १२:३० बजे उद्घाटन हुने लुम्बिनि प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोसिले जानकारी दिनु भयो।

जोसिका अनुसार १६,१७ र १८ गते हुने लुम्बिनि प्रदेश निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।प्रदेशको संरचना अनुसार नेपाली कांग्रेस प्रदेशको निर्वाचन यो पहिलो पटक हुदै छ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका गृह मन्त्री माननीय बाल कृष्ण खाणले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
१७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते प्रदेशको अधिवेशन गरिने भएको हो।प्रदेश भरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरि १५ सय ८५ जनाले मतदान गर्ने छन।
यसै गरि प्रदेश भरिका नेता तथा कार्यकर्ताहरु गरि ३ हजार बढिको सहभागिता रहने सचिवालय सदस्य सिव प्रसाद गैरेले जानकारी दिनुभयो।

गैरेका अनुसार बाहिरी जिल्लाबाट सहभागि हुन आउनेहरुकोलागि खाने बस्ने,र सुत्नेको समेत व्यवस्था गरिएको छ भने
रुपन्देही बासिन्दाका नेता तथा कार्यकर्ताहरुको लागि खानाको व्यवस्था गरिएको सचिवालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?