ट्रेन्डीङ्ग

सुनवलकी वर्षा मिस ग्राण्ड नेपालको उत्कृष्ट १६ मा छनोट

कार्तिक २७ सुनवल।पश्चिम नवलपरासीको सुनवलकि बर्षा राना मिस ग्राण्डको उत्कृष्ट १६ मा छनोट भएकी छन।

आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२१ को उपाधी जित्नको लागि अब्बल प्रतियोगिको रुपमा छिन राना ।

सानै देखि यस्ता कार्यक्रममा भाग जनाउदै आएकी राना अहिले भने ठुलै प्ल्याटफर्ममा आएकी छन ।

नर्सिङ पेसामा उनी आबद्ध भएता पनि उनले आफ्नो कर्म सङसङै आफ्नो इच्छा चाहानालाई पनि लिएर जान लागेको उनी बताउछिन ।

उनी भन्छिन,” मिस ग्राण्ड नेपाल २०२१ को आफुले ताज भिरेमा चलायमान हुन नसकेको पर्यटन विकासमा आफुले टेवा दिनुका साथै सडकमा वेवारिसे रुपमा हिडने महिला तथा बालबालिकालाई चाहिँ आफुले उचित राहात को व्यवस्था मिलाउने बताउछिन।”

राना अन्तिम १६ मा प्रवेश गरेपनि मिस ग्रण्ड नेपालको ताजका लागि अझै १५ जना प्रतिस्पर्धा गर्नु पर्नेछ ।

मिस ग्रण्ड नेपाल २०२१ बन्नका लागि आफ्नो क्षमताका साथै दर्शकको भोटको पनि उतिकै महत्व रहने हुदाँ सम्पूर्णमा उनलाई भोट गर्नका लागि अनुरोध गरेकी छन।

रानालाई भोट गर्न :
:- मिस ग्राण्ड नेपालको पेजबाट अपलोड गरिएका कन्टेस्टेन्टहरुको फोटोहरु मध्यमा कन्टेस्टेन्ट नम्बर ०९ मा गएर वर्षा रानालाई लाईक , कमेन्ट अनि सेयर गर्ने

:- ईसेवा एप्लिकेसन खोलेर भोटिङ अपसन अन गरि मिस ग्राण्ड नेपालको फोल्डर खोलेर त्यहा भएका १६ जना कन्टेस्टेन्ट मध्य कन्टेस्टेन्ट नम्बर ०९ मा आफुलाई मन लागेको जति भोट गर्न पाईनेछ ।

:- प्रतियोगी वर्षा रानाको परिचयात्मक भिडियो युट्युबमा हालिसकेपछी R K च्यानलमा गएर उक्त भिडियो हेरेको पनि भोट काउन्ट हुने भएको छ ।

:- र अन्तमा , आयोजक टिम द्वारा वितरण गरिएको टिकटहरुलाई खरिद गरिदिएर पनि रानालाई सहयोग गर्न सकिनेछ । एउटा टिकटमा २ भोट हुन्छ रु १० मा

यी माथिका चारवटै तरिकाबाट रानाले धेरै भन्दा धेरै भोट लिएर आईन भने उनी नै विजेता हुनेछिन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal