ट्रेन्डीङ्ग

धनगढीमा दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुदै

प्रकाश थापा कार्तिक २४ धनगढी।कैलालीको धनगढीमा यही कार्तिक २७,२८ र २९ गते दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।

आयोजक समितिले आज धनगढीको पुष्पाञ्जली होटलको सभाहलमा पत्रकार सम्मेलन गरी“सामाजिक दलाल पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँंचौ राष्ट्रिय सम्मेलन !!”भन्ने मूल नाराका साथ पाचौँ राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।

पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रिय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले अहिले देशमा जगडियर रहेको विभेदपूणर् समाजलाई परिवर्तन गर्न यो सम्मेलन कोसेढुंगा सावित हुने बताउनुभयो।साथै उहाले यस सम्मेलनलाई सफल पार्न सबै पत्रकार,वुद्धिजिवी, समाजसेवी र जनसमुदायहरुमा अपिल गर्दै सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।


अध्यक्ष विश्वकर्माका अनुसार कार्तिक २७ गते धनगढी पार्कमोडमा संचालन सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लपले गर्नुहुने छ ।कलाकार,बाजागाजा, झाँकी र र्यालिसहित उदघाटन हुने सम्मेलनमा देशका ७७ वटै जिल्ला तथा भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्ष, स्वयमसेवक गरि ३५० जनाको उपस्थिति हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपा केन्द्रिय सदस्य ओमप्रकाश पुन,जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने,मोर्चा केन्द्रिय उपाध्यक्ष सम्झना विक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भने महासचिव रामलाल विकले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal