
चुरामणी तिमल्सिना, कात्तिक १८,रिडि ।
पाल्पाको अर्गली कालीगण्डकी करिडोर बाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढ्ल्दा पाल्पा अर्गलीका ५६ बर्षका लक्षमण पाण्डेको घटना स्थलममै मृत्यु भएको छ ।
पाल्पा तानसेन नगर पालिका वडा न १२ छेर्लुङ आफन्तीकोमा घोत मिसाउन जादा चिदिगार स्थानमा माथी बाट बरको रुख ढलेर कुरुङ खोलामा पुगेका पाण्डे लाई केही तल सम्म खोलाले बगाएर लगेको र मृत्यु भएको स्थानिय ऋषिराम पाण्डेले जानकारी दिनु भयो ।
पाण्डेका अनुसार शबलाइ जिल्ला प्रहरी कार्यलय पाल्पा र प्रहरी चौकी अर्गलीले पोस्टमार्टको लागि पाल्पा लाने तयारी गरिरहेको तानसेन नगर पालिका वडा न १४ का वडा सदस्य बिष्णु रेग्मीले जानकारी दिनु भयो।
पाण्डे का २ छोरा ३ छोरि र श्रीमती रहेका छन ।