ट्रेन्डीङ्ग

नागरिकका आधारभुत आवश्यकता समाधान हुनुपर्छ:नेका नेता कण्डेल

उमेश बि.क.,असोज २३,परासी।नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कण्डेलले नागरिकका आधारभूत आवश्यकता समाधान गर्न आग्रह गर्नु भएको छ।

कण्डेलले जनताले राज्यबाट पाउनुपर्ने आधारभुत आवश्यकता समाधान गर्न माग गर्दै बाढीपीडित,सुकुम्बासी र नागरिकता समस्या तत्काल समाधान गर्नुपर्ने आग्रह गर्नुभएको छ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकाे प्रशासकीय भवनकाे संमुद्द्घाटन समारोहमा बाेल्दै नेता कण्डेलले नवलपरासीमा नागरिकताको समस्या,किसानहरुले मलविउ समयमा नपाउनु ,उखु खेतिकाे रकम समयमा भुक्तानी नहुनु यस्ता समस्या समाधान गर्न तथा नेपालमा केरा उत्पादन प्रयाप्त मात्रामा भए पनि मुल्य नपाएकाले भारतीय केरा पैठारी राेक्न अनुरोध समेत गर्नुभएको हाे।

कण्डेलले वैवाहिक अगिंकृत नागरिकता सवालमा समयावधि घटाउनु पर्नेमा जोड दिएका छ्न। यसअघिको सरकारले बिवाहा भएको ७ बर्षमा दिनुपर्ने अध्यादेश ल्याएको बताउदै अब गठबन्धनको सरकारले बिवाहा दर्ता भएको भोलिपल्टनै नागरिकता दिनुपर्ने व्यवस्था गर्न माग गरेका छ। उनले सो कुरामा थप्दै ती महिला बाट हुने बच्चालाई अध्ययनमा समस्या हुने भन्दै यो समायावधी घटाउने जोड दिएका थिए ।

बाढीले गर्दा प्रत्येक बर्ष यहाँका जनता समस्या झेलेकाेले समस्याको दिर्घकालिन समाधान र सुकुम्बासी समस्या समाधान गरि स्थानीयलाई लालपुर्जा सरकारले तत्काल दिनुपर्ने कुरामा जाेड दिनुभएको थियाे।

पार्टी समिकरण केन्द्रमा मात्र नभएर जिल्ला र स्थानीय तहदेखि गाउँ गाउँसम्म पार्टी एकताकाे वातावरण सृजना गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराउनु भएको हाे।

पाल्हिनन्दन गाउँपालिका जस्तो नाम रहेको छ साेहि नामकाे अर्थ बुझि काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्दै सुविधा सम्पन्न प्रशासनिक भवन उद्द्घाटन भएकोमा जनप्रतिनिधि एवं सम्पुर्ण मतदातालाई पुर्ण लाभ उठाउन भन्दै सबैलाई शुभकामना ब्यक्त गर्नुभएको हाे। साथै पालिकाकाे भवन उदाहरणिय बनेकाेले यसमा सबै राजनीतिक दलका प्रतिनिधि,पालिकाबासि र जनप्रतिनिधिकाे विशेष सहयोग रहेकोले सबै धन्यबादकाे पात्र रहेको बताउनु भयाे ।

नवलपरासीको महेशपुर भन्सार कार्यालय स्तरउन्नति गरि चार लाईन बाटाे निर्माणका लागि बजेट पहल गरिरहेकाे बताउदै समग्र नवलपरासी बिकासमा लागि परेको कुरामा जाेड दिनुभएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal