ट्रेन्डीङ्ग

संविधानमा पुर्ण रुपमा संस्थागत भएको छैन:प्रचण्ड

प्रदिप पाठक,असोज २३,परासी। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान पुर्ण रूपमा संस्थागत नभएको बताएका छन ।दाहालले सम्पूर्ण पार्टीको सहमतिमा लेखिएको भएतापनी संविधानमा अधिकार प्रयाप्त नभएकोले संशोधन गर्ने बताए।
संविधानले दलित महिला जनजाति मधेसी लगायत उत्पीडित जनताको अधिकारका पक्षमा प्रयाप्त नभएको बताउदै मधेसी जनताको नागरिकता समस्या समाधानका लागी संविधान संशोधन गर्ने बताए । सुकुम्बासी र भुमिहिन जनतालाइ चुनाव अगाडि लालपुर्जा वितरण गरि स्थायी संमाधन गर्ने बताए। दाहालले एमाले अध्यक्ष ओलिलाइ माओवादी संग जोरि नखोज्नु बालुवाटार देखि बालकोट पठाइएको हो धेरै गरे नेपाली राजनीति बाट हटाउने चेतावनी दिएका छन।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै दाहालले यस्तो बताएका हुन् । नागरिकता विधेयक एमालेका अध्यक्ष केपी ओलीको कारण रोकिएको आरोप लगाउँदै अब संसद्‌बाट नागरिकता विधेयक पास हुने बताए।

उक्त प्रशासनिक भवन ९ करोड ३४ लाख ९९ हजार रुपैयाँको लागतमा निर्माण भएको पालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal