
असोज २२ बुटवल । रुपन्देहीको सैनामैनामा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका-७ रामबस्ती टोल बस्ने २५ वर्षीय भिकु चौधरी थारु रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
घर नजिकैको ईङगुरिया पुलबाट खसेर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।