
असोज २० अर्घाखाँची ।अर्घाखाँचीमा घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैंचा मुनि बसोबास गर्ने ९२ वर्षिय खिमानन्द पौडे्ल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
आफ्नै घरको छतबाट खसेर मृत्यु भएको र पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो।
यस बारे थप अनुसन्धान समेत भैरहेको बताइएको छ ।