ट्रेन्डीङ्ग

नेकपाद्वारा लमजुङ प्रशासन अगाडि धर्ना

असोज १८ लमजुङ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले लमजुङमा र्‍याली सहित जिल्ला प्रशासन कार्यलयमा अगाडि धर्ना एवं कोणसभा सम्पन्न गरेको छ।

लमजुङ जिल्लाको बेशिसहर नगरपालिका शेराचोकबाट शुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज रुपेशले विनासर्त सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न आग्रह गर्दै पुर्ववति सरकारले गरेको सहमति अक्षरस लागु गर्न अपिल गरेका थिए त्यसैगरि जिल्ला सेक्रेटरी आक्रोशले ३ बुद्दे सहमति सहित अमेरिकी परियोजना एमसिसी खारेजीको माग समिति गरेका छ्न।

कोणसभाको संचालन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा लमजुङ जिल्ला अध्यक्ष राजन साउदले गर्नु भएको थियो ।

तीन बुँदे सहमतिको कार्यन्वयन,पार्टीका नेताकार्यकर्तामाथि लगाइएका झुठ्ठा मुद्धा खारेज र सम्पूर्ण राजबन्दी रिहाइको माग गर्दै नेकपाले आज देशव्यापी धर्ना दिएको छ ।

गत फागुन २१ गते नेपाल सरकार र नेकपाबीच ३ बुदेँ सहमति भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal