ट्रेन्डीङ्ग

प्रहरी दिवस:अर्घाखाँचीमा प्रहरीद्वारा वृक्षारोपण र माक्स वितरण

असोज १७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले वृक्षारोपण तथा मास्क वितरण कार्यक्रम गरेको छ।

जिल्लाको सन्धिखर्क,ठाडा,खन,नरपानी,खिल्जी लगायत जिल्लाभरका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीको वृक्षारोपण तथा तपाईको मास्क खोई कार्यक्रम सम्पन्न भएको हो।

“एक प्रहरी एक विरुवा”र तपाईको मास्क खोई कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी कर्मचारी र मातहत ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु बाट समेत कार्यालयको जमिन र खाली सार्वजनिक जमिनमा टिक,टिमुर,कागती,अमला,तेजपत्ता,आँप,लिची,अम्बा लगायत विभिन्न जातका ३४१ वटा बोटविरुवा वृक्षारोपण गरिएको थियो।

जिल्ला कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुबाट आ-आफ्नो जिम्मेवारी क्षेत्रमा रहेका बजार ईलाकामा अनिमानित ६०० पिस मास्क वितरण गरिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal