ट्रेन्डीङ्ग

युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा वीरेन्द्र जोशी

गणेश एसके असोज १६ कञ्चनपुर ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट को युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलनबाट अध्यक्ष मा वीरेन्द्र जोशीलाई चयन गर्दै ६३ सदस्यीय जिल्ला समिति निर्वाचन गरी महेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको छ।

नेकपाका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका नेता ओम प्रकाश पुनले युवा संगठनको सम्मेलन समारोहलाई सम्बोधन गर्दै देशको दलाल पूँजीवादी संसदीय व्यवस्था अन्त्यगरी जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादी राज्य व्यवस्था अहिलेको आवश्यकता रहेको बताएका छन।देशका आमजनताको वर्गीय मुक्तिको लागि युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै वैज्ञानिक समाजवाद स्थापनाका आमजनतालाई जनजागृत गर्न लाग्नु पर्ने उहाँको भनाई थियो।समाजका विकृति विसंगती विरुद्ध मा सशक्त रूपले संघर्स गर्दै सबै युवाहरुलाई एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलवन्द गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नको लागी समाजवादी जनमत तयार गर्नु युवा संगठन नेपाल कञ्चनपुरले महत्वपूर्ण कार्यभार पूरा गर्न सुझाव दिनु भएको छ ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य अग्नि धामीले पनि सुभकामना सहितको प्रशिक्षण मन्तव्य राखेका थिए । युवा संगठन नेपाल सेती माहाकाली ब्युरो संयोजक स्याम भट्टले प्यानल प्रस्तुत गरेका थिए भने युवाका कार्यलय सचिव मनमोहन जोशी र पार्टीका केन्द्रीय सदस्य महान चौधरीले बधाई मन्तव्य राखेका थिए।त्यसैगरी उपाध्यक्ष दिपेन्द्र सिंह ऐरी,अमित कुवर,सचिव नरेश बिष्ट,सहसचिव हिक्मत चौधरी,कोषाध्यक्ष कल्पना जोशी चयन भएका छन।युवाका संयोजक वीरेन्द्र जोशीले अध्यक्षता गरेको उक्त कार्यक्रममा पार्टीका जिल्ला सचिब रमेश परियार,युवा संगठनका केन्द्रिय सदस्य भुवन कुंवर, जिल्लाका आर्थिक विभाग प्रमुख राम भट्ट,विशेष कमिटी सदस्य ललित ओड ,अखिल नेपाल शिक्षक संगठन अध्यक्ष ओम प्रकाश जोशी लगायत जनवर्गीय संगठनका प्रमुख नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal