
असोज १५ परासी । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पश्चिम नवलपरासी जिल्ला शाखालाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
पत्रकार महासंघ जिल्ला शाखाले विभिन्न दैवि प्रकोप र घटनामा परेका पत्रकारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन पत्रकार काल्याणकारी कोष स्थापना गरेको छ । पछिल्लो पटक गत भदौ ११ गते आएको बाढीबाट प्रभावित भएका १९ पत्रकारमध्ये ८ जना अति प्रभावित बनेका छन् । प्रभावित पत्रकारहरुलाई सहयोग पुग्ने उद्देश्यले उक्त रकम अध्यक्ष विपुल पोखरेल शाखा अध्यक्ष हरि शर्मालाई हस्तान्तरण गरेका हुन।
स्थापना गरेको कोषमा हालसम्म करिब डेढ लाख रुपैयाँ सहयोग उपलब्ध भएको कोषाध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभएको छ।कोषमा रकम जम्मा हुने क्रम जारी रहेको पनि शाखाले जनाएको छ।कोषमा रकम सहयोग गर्न चाहाने सहयोगी दाताहरुका लागि शाखाले परासी स्थित प्रभु बैंकमा ०५००१५१९३९५०००११ को खाता खोलेको जनाएको छ।