ट्रेन्डीङ्ग

श्रम गरौँ-जानकी

जसले श्रम गर्छ यहाँ उसले मिठो फल पाइन्छ
वैज्ञानिक समाजवादीमा यसले टेवा पुर्याउछ
संसारका श्रमिकहरू एकजुट भई अघि सरौं
संसदीय व्यवस्था विकल्प वैज्ञानिक तिर लागौं

टुट्ने फुट्ने व्यवस्थालाई अब हाम्ले अन्त्य गरौँ
दलालका ती पिछडिएका अब हाम्ले अन्त्य गरौँ
तीन करोड जनताहरुलाई दिन दुःख अत्ति दिए
जनताका यी कुरालाई घाममै सुकाई घर फर्किए

देशको माया लाग्नेहरू श्रम गरी सधैँ अघि सरौं
विदेशीको थिचोमिचोलाई अब हाम्ले अन्त्य गरौं
सुखी अनि समृद्ध देशको निम्ति सधैँ अघि सरौं
हुन्छ भने देशको निम्ति त्याग तपस्या तिर लागौँ !
-जानकि खत्री अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य एवं उदयपुर जिल्ला उपाध्यक्ष हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal