![](https://safalpost.com/wp-content/uploads/2021/09/received_423159839226622.jpeg)
भदौ २२,बाके । विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत एमसिसी सम्झौता,सरकारी अनियमितता,बेरुजु र भ्रष्टाचार विरुद्ध देशभर विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
सोही कार्यक्रम बमोजिम युवा सङ्गठन नेपालले भेरी-कर्णाली ब्युरोको बाँके,जाजरकोट,कालिकोट लगायतका जिल्लाहरूमा विरोध कार्यक्रम सम्पन्न गरेको छ।
बाँकेको कोहलपुर सम्पन्न प्रदर्शनलाई सम्बोधन गर्दै सङ्गठनका ब्युरो इन्चार्ज दीपले एमसिसी सम्झौता विरुद्ध सम्पुर्ण राष्ट्र एक ठाउँमा भएको बेला सरकारले नै यसको पक्षमा वकालत र जनताको आवाजमाथी दमनको शृङ्खला सुरु गरेकाले यसका विरुद्ध देशभक्त लाखौं युवाहरू एक हुनुपर्ने बताउनु भयो ।
दिपले सरकारी स्थानीय तह र कर्मचारीमा देखिएको खर्बौं रकमको बेरुजु र भ्रष्टाचार अहिलेको दलाल सत्ताको उपज रहेको बताएका उनले यसखाले भ्रष्टाचार र बेरुजुको अन्त्य वैज्ञानिक समाजवादमा मात्र रहेको कुरामा जोड दिए ।