ट्रेन्डीङ्ग

कपिलवस्तुमा अखिल क्रान्तिकारीको प्रदर्शन

साउन  ७ कपिलवस्तु ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कपिलवस्तुले विरोध प्रदर्शन  गरेको छ । जिल्लाको पथरकोट बजारमा संगठनको पुर्वघोषित कार्यक्रम अन्तर्गत सिमा अतिक्रमण अमेरिकी सहयोग एम सि सि लगायत सम्झौताको विरुद्ध प्रदर्शन गरेको जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले बताउनु भयो ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै संगठनकि जिल्ला उपाध्यक्ष संगीता बिकले राज्य संकटग्रस्त अवस्थामा रहेको र यसको निकासको लागि अब युवा बिद्यार्थीहरु गलत प्रबृत्ति बिरुद्ध संघर्ष गर्नुको बिकल्प नरहेको बताउनु भयो । साथै बिकले,अहिलेको सत्ता स्वार्थको निम्ति रास्ट्रहित बिपरित एम सि सि जस्ता सम्झौता गर्ने ,बिदेशी सिमा अतिक्रमण गर्दा राज्य गैरजिम्मेवार बन्ने ,नेपाल को नक्सा बाट कालापानी, लिपुलेक ,लिम्पियाधुरा रहित नक्सा बिद्यार्थीलाई बाड्ने जस्तो खोक्रो रास्ट्रघात अब युवा चुप बस्न नहुने ,यसको प्रतिरोध गर्ने बिषय राख्नु भयो । कार्यक्रम बुद्धिभुमी नगर अध्यक्ष प्रकाश खनालको सन्चालनमा सप्पन्न भएको जिल्ला अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal