जेठ २१ परासी ।
पश्चिम् नवलपरासीमा आज २५ जनामा कोरोना संक्रमण हुँदा ९३ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टाको विवरणमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यलय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका वडा नं. १५ का ७६ बर्षिय पुरुषको सहिद स्मृति सामुदायिक अस्प्ताल बर्दघाट र रामग्राम नगरपालिका वडा नं. १५ का ३५ बर्षिय पुरुषको भिम अस्पताल भैरहवामा कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।
आज संक्रमित भएका २५ मध्ये ६ जना महिला र १९ जना पुरुष रहेका छन् । आज सबैभन्दा बढी सुनवल नगरपालिकामा ३ महिला र ७ पुरुष गरी १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै बर्दघाट नगरपालिकामा ८ जना, रामग्राम नगरापालिकामा ६ जना र सरावल गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६० रहेको छ ।