
परासी।वन समूह तथा वन कर्मचारीलाई लक्षित गरी श्रमिक ऐन तथा पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी भुमहीमा सचेतना कार्यक्रम गरिएको छ।लुम्बिनी प्रदेश वन निर्देशनालय कार्यालय बुटवलको आयोजनामा नवलपरासी जिल्लामा रहेका वन क्षेत्रमा कार्यरत कर्मचारी तथा सामुदायिक वनका प्रतिनिधिलाई श्रमिक ऐन, कटानका क्रम अपनाउनुपर्ने सुरक्षा उपाय, विमा सम्बन्धि प्रशिक्षण गरिएको हो।
वन क्षेत्रमा काम गर्दा हुन सक्ने जोखिम न्यूनीकरण, सुरक्षात्मक उपकरणको प्रयोग,श्रमिक ऐनले दिएको अधिकार तथा कार्यस्थलमा सुरक्षित वातावरण निर्माण गर्ने विषयमा छलफल गरिएको वन निर्देशनालय वन बरिस्ठ अधिकृत डिलाराम पौडेलले जानकारी दिए।
वन निर्देशनालय बुटवलका निमित्त प्रमुख प्रभात सापकोटाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा डिभिजन वन अधिकृत नवलपरासी प्रमुख राजु क्षेत्री,वन निर्देशनालय बुटवलका बरिस्ठ वन अधिकृत जितेन्द्र सिंह खड्का,सानिमा जि आई सि इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख अर्जुन सुवेदी तथा लैंगिक तथा सामाजिक विज्ञ लिला पौडेलले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सामुदायिक वनका प्रतिनिधि तथा डिभिजन र सब-डिभिजन वन कार्यालयका कर्मचारीहरूको लगायत उपस्थिति रहेको थियो।











