
सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ सुर्यवस्तीमा सञ्चालित शिव महापुराण ज्ञान महायज्ञको आय-व्यय विवरण सार्वजनिक गरिएको छ।त्रिपुरेश्वर शिवधाम व्यवस्थापन संस्थाको आयोजनामा महायज्ञबाट संकलित रकमको विवरण सार्वजनिक गरिएको हो।
१०८ शिवलिङ्ग स्थापना तथा ज्येष्ठ नागरिक सत्संग भवन निर्माणार्थ गत गत माघ २३ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन भएको महायज्ञमा ४८ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको महायज्ञका आर्थिक संयोजक नारायण न्यौपानेले जानकारी दिए।न्यौपानेका अनुसार महायज्ञ सञ्चालनमा १६ लाख २९ हजार ४ सय रुपैयाँ खर्च भएको छ भने ३२ लाख ६६ हजार रुपैयाँ बचत भएको जनाइएको छ।
त्यसैगरी विभिन्न व्यक्ति र सस्थाहरुले कबोल गरेको ३ लाख ४० हजार रुपैयाँ उठ्न बाँकी रहेको न्यौपानेले बताए।कार्यक्रममा नगद तथा जिन्सी समान दान गर्ने र व्यवथापन र व्यस्थापन गर्ने विभिन्न सस्था र व्यक्तिलाई सममान गरिएको छ ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नं.१३ का अध्यक्ष एवं नगरप्रवत्ता कृष्ण बगाले, संस्थाका अध्यक्ष हिरालाल शर्मा , मोतिलाल बहुमुखि क्यापसका अध्यक्ष एवं समाजसेवी लेखनाथ खरेल, बडेरा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गंगाराम गैरे, महिला नेतृ प्रभा ज्ञवाली, स्थानीय समाजसेवी गोपाल प्रसाद पाण्डे, चुरामणि पाण्डे, लक्ष्मीदेवी ढकाल, राष्ट्रिय कलाकार एवं भजन गायक नारायण भुर्तेल लगायतले महायज्ञपछि आय-व्यय सार्वजनिक गरेर संस्थाले पारदर्शिता र जवाफदेहिता देखाएको बताएका थिए।











