ट्रेन्डीङ्ग

वाक्वाणि माध्यमिक विद्यालयले ५४ औं वार्षिकोत्सव मनायो

सुनवल।सुनवल-११ जर्गाहास्थित वाक्वाणि माध्यमिक विद्यालयले आफ्नो ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका गरि मनाएको छ।विद्यालयले सांस्कृतिक प्रस्तुति, पुरस्कार तथा छात्रवृत्ति वितरण, उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान लगायत कार्यक्रम आयोजना गरी मनाएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री एव लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले विद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना, पारदर्शी व्यवस्थापन आवश्यक रहेको बताए।

बस्नेतले आगामी दिनमा विद्यालयको पूर्वाधार विकास,प्रविधिमैत्री शिक्षण र विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए।

विद्यालय सुधारमा अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यनै गुणस्तरीय शिक्षाको मुख्य आधार भएको बताए।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम शिक्षक युवराज पाण्डेले स्वागत मन्तव्य एव सञ्चालन शिक्षक टंकप्रसाद सुवेदीले गरेका कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष काशीराम पाण्डे,पूर्व विद्यार्थी शिव भुसाल तथा पूर्व प्रधानाध्यापक भोला न्यौपाने लगायतले विद्यालयको समग्र विकासका लागि समुदायको निरन्तर साथ आवश्यक रहेकोमा जोड दिएका थिए।

विद्यालयका प्रधानाध्यापक जीवनकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल विद्यालयमा ६ सय २० जना विद्यार्थी अध्ययनरत रहेको र ३५ जना शिक्षक-कर्मचारी कार्यरत रहेको जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो।

नगर तथा जिल्ला स्तरीय कार्यक्रममा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई समेत सम्मान गरिएको शिक्षक चुरामणि भण्डारीले जानकारी दिए। कार्यक्रममा अक्षयकोषमा दाताहरूलाई सम्मान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal