ट्रेन्डीङ्ग

कांग्रेस नवलपरासीमा नाम सिफारिस विवाद: सभापति आचार्यमाथि हस्ताक्षर दुरुपयोग आरोप

परासी।नेपाली काङ्ग्रेस नवलपरासीमा यतिबेला उमेदवार सिफारिसको बिषयमा किचलो उत्पन्न भएको छ।नवलपरासीका दुई निर्वाचन मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा उमेदवार सिफारिसको बिषयलाई लिएर एकअर्का गुटबिच झन्डै हात हालाहालको स्थिति सिर्जना भएपछि आन्तरिक द्वन्द्व पुन:उत्कर्षमा पुगेको हो।

 

 

क्षेत्रिय कार्यसमितिले मङ्सिर २३ गते गोपिगन्जको भिट्ठामा राखेको बैठकमा उमेदवारको नाम सिफारिसका बिषयमा झण्डै झडपको स्थिति उत्पन्न भएपछि बैठक स्थगन भएको क्षेत्र नम्बर १ का उपसभापति बेदप्रसाद पौडेलले जानकारी दिए।बिबाद उत्पन्न भएपछि सभापति मुकुल कुमार आचार्यले बैठक स्थगन गरेको सो बैठकमा उपस्थित प्रतिनिधिहरुले जनाएका छ्न।

 

 

केन्द्रिय सदस्य बिनोद चौधरी र संविधानसभा सदस्य बिक्रम खनालको नाम पठाउने बिषयमा दुबै टिमका समर्थकहरु बिच बिवाद भएपछि सभापति आचार्यले बैठक स्थगित गरेको र नाम पठाउने बिषयमा कुनै निर्णय नभएको पौडेलले बताए।अहिले बिनोद चौधरीको नाम समेत सिफारिस भएको पत्र एकाएक बाहिर आएपछि थप बिवाद उत्पन्न भएको हो।

 

उमेदवार सिफारिसको निर्णय हुन नसकी बैठक स्थगित भएपछि पनि सभापति आचार्यले नाम सिफारिसको पत्र बाहिर ल्याएपछी उपस्थितिको हस्ताक्षरको आधारलाई नै निर्णय मानी आफुहरुको हस्तान्तरक्षर दुरुपयोग गरेको २३ गतेको बैठकमा सहभागी प्रतिनिधिहरुको आरोप रहेको छ।

 

 

सोही बिषयलाई लिएर उपसभापति बेद प्रसाद पौडेलको अध्यक्षतामा शनिबार बेलाटारीमा बसेको प्रतिनिधि सहितको क्षेत्रीय भेलाले सभापति मुकुल कुमार आचार्यलाई हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाउदै जिल्ला कार्यसमिति समक्ष कारबाहीको माग गरेको छ ।

 

“टुङ्गो लाग्न नसकेपछि सभापति जि आफैले बैठक स्थगित गर्ने अनि स्थगित गरिएको बैठकको कसरी निर्णय हुन्छ कुन आधारमा नाम सिफारिस हुन्छ,उपस्थितिको संख्यालाई नै दुरुपयोग गरिएको छ,यसमा हस्ताक्षर गर्ने सबै प्रतिनिधिहरुले आपत्ती जनाउनु भएको छ,कि भने उहाँले निर्णयको क्लोजिङ मा हस्ताक्षर गरेको देखाउनु पर्यो ,त्यसैले आज यो भेला राखेका हौँ “उपसभापति पौडेलले भने ।

 

निर्णय नै नगरी उपस्थितिमा हस्ताक्षर गराईएको आरोप पछी सभापति आचार्यको कदम बिरुद्ध उपसभापति पौडेल सहितका प्रतिनिधिहरुले सभापति आचार्यलाई कारबाहीको माग गरेका हुन ।

 

यस बिषयमा जानकारी लिदा सभापति मुकुल कुमार आचार्यले आफ्नो अनुकुलको निर्णय नभएकाले हस्ताक्षर दुरुपयोगको आरोप लगाएको बताए ।”आफ्नो अनुकुलको निर्णय नभएपछि उहाँहरुले लगाएको आरोप मात्रै हो,निर्णयको क्लोजिङमा सभापतिको हस्ताक्षर भएपछि अरुको हुनै पर्छ भन्ने छैन”उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal