ट्रेन्डीङ्ग

योङ्ग गोर्खालीको आयोजनामा डिजिटल मार्केटिङ र एआई तालिम

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा युवा लक्षित डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।तालिम योङ्ग गोर्खालीका अध्यक्ष तप्पन कुमार केवटको अध्यक्षता तथा सुनवल-१२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेयको प्रमुख आतिथ्यतामा सुरु भएको हो।

 

तालिम उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेयले युवालाई डिजिटल मार्केटिङ र एआईजस्ता आधुनिक प्रविधिमा दक्ष बनाउने यो तालिम महत्वपूर्ण अवसर भएको बताए। उनले तालिमले युवालाई रोजगार र उद्यमशीलतामा अगाडि बढ्न सहयोग पुर्याउने मात्र नभई व्यवसायिक क्षमता बढाउने साथै डिजिटल क्षेत्रमा नवीनतम प्रविधि अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे। पाण्डेयले प्रविधिको सही प्रयोग गरी जीवनोपार्जनमा टेवा पुर्याउनुपर्नेमा जोड दिए।

 

योङ्ग गोर्खालीको आयोजनामा तथा एक्सपोर्ट एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा दुईदिने सम्म संचालन हुने  तालिममा प्रशिक्षकद्वय सुमित न्यौपाने र अव्युदय ढकालले युवा उद्यमी, विद्यार्थी र व्यवसायीलाई डिजिटल मार्केटिङका आधारभूत अवधारणा, सामाजिक सञ्जालमार्फत ब्रान्ड प्रवर्द्धन, कन्टेन्ट क्रियसन, अनलाइन विज्ञापन, डाटा एनालिटिक्स र एआई टुल्सको व्यवहारिक प्रयोगबारे प्रशिक्षण दिने  योङ्ग गोर्खालीका उपाध्यक्ष बिशाल पौडेलले जानाकारि दिए।

 

विभिन्न किसिमका खेलकुद प्रतियोगिता साथै सामाजिक कार्यगर्दै आएको योङ्ग गोर्खाली संस्थाले आगामी दिनमा समयानुकूल सूचना प्रविधि, उद्यमशीलता र सीप विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने सस्थाका सदस्य हरि काफ्ले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?