ट्रेन्डीङ्ग

भुमहीमा जनता साकोसद्वारा प्रविधिको सहि प्रयोग र लैंगिक हिंसा अन्त्य विषयक गोष्ठी

सुनवल।सुनवल-१२ भुमहिमा प्रविधि प्रयोग र लैंगिक हिंसा अन्त्य विषयक गोष्ठी सम्पन्न भएको छ।भुमहीमा रहेको जनता सम्झौता साकोस भुमही अन्तर्गत महिला विभागले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” विषयक प्रकरण गोष्ठी आयोजना गरेको हो।

 

साकोसकी सचिव तथा महिला विभाग संयोजक उमादेवी पंगेनीको अध्यक्षतामा र सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठी अर्यालले “हामी १६ दिने अभियान मात्र मनाएर लैंगिक हिंसा अन्त्य गर्न सक्दैनौं,प्रविधिको दुरुपयोगबाट हुने हिंसालाई रोक्न निरन्तर सतर्कता आवश्यक भएको बताइन।

 

नगरप्रमुख अर्यालले मोबाइल, सामाजिक सञ्जाल वा अन्य डिजिटल प्लेटफर्ममा गलत प्रयोगले महिला र बालिकामाथि हिंसा बढाउँछ। त्यसैले प्रविधिको सही र सुरक्षित प्रयोग गर्दै हिंसा सहन नहुने संस्कार हामी सबैले विकास गर्नुपर्नेमा जोड दीइन्।”

 

त्यसैगरि कार्यक्रममा लुम्बिनी माविका प्राचार्य हुमनाथ सुवेदी, सहकारी संजाल नगर अध्यक्ष दयाराम भण्डारी, इलाका प्रहरी कार्यालय भुमहीका प्रमुख लक्ष्मण देवकोटा, सुनवल नगरपालिकाका कार्यपालिका सदस्य भगवती बस्याल, नवलपरासी साहित्य परिषद्का अध्यक्ष डा. श्याम प्रसाद न्यौपाने लगायतले सहकारी, प्रहरी, विद्यालय, नगरपालिकालगायत सबैले मिलेर महिला सशक्तिकरण, प्रविधि सही प्रयोग र लैंगिक हिंसा अन्त्यमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

 

कार्यक्रम सञ्चालन संस्थाकी उपाध्यक्ष देवकला खनाल र सञ्चालक समिति सदस्य तारा सुनारले गरेका थिए।

गोष्ठीको उद्देश्य तथा अभियानको पृष्ठभूमिबारे साकोसका अध्यक्ष डोलराज भण्डारीले कार्यक्रमबाट प्रकाश पार्दै प्रविधिको दुरुपयोगका कारण बढ्दै गएको लैंगिक हिंसा नियन्त्रणमा सामुदायिक पहलकदमी अत्यावश्यक रहेको बताएका थिए।विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले लैंगिक हिंसा अन्त्य, प्रविधिको सुरक्षित प्रयोग तथा समाजमा सचेतना अभिवृद्धिका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?