
बुटवल।बिहान ७ नबज्दै क्याम्पस गेटमा गुलाफी फुल बोकेका डेढ दर्जन विधार्थीहरु देखा पर्छन।गुलाफी फुल सहितका विधार्थीहरु सहितको चहलपहल बढिरहेको क्याम्पसमा केही मिनेट पछि चिकित्सकहरु आइपुग्छन् ।
बुटवलमा पछिल्लो समय बिप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल समाजवादीले गुलाफको फुल र चिकित्सक बोकेर क्याम्पसमा जाने र विधार्थीहरु माझ जनचेतनामूलक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम चलाइरहेको छ ।
केही दिन अगाडि बुटवलको प्रतिष्ठित बुटवल बहुमुखी क्याम्पसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको समाजवादीले बुधबार पनि बुटवलको ठुलो क्याम्पस सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा बरिस्ठ महिला तथा स्त्रीरोग विशेषज्ञ डा. बिन्दु खरेल सहितको चिकित्सक टोली लिएर स्वास्थ्य जनचेतना तथा परामर्शका लागि पुगेको थियोे ।
क्याम्पसमा अध्ययनरत किशोरीको स्वास्थ समस्या तथा परामर्शको लागी अभियान सञ्चालन गरिएको अखिल समाजवादका केन्द्रीय सचिवालय बिष्णु बहादुर राउतले बताए।बुधबार क्याम्पसमा आयोजित कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य कमरेड सरद सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।
अखिल (समाजवादी) सिदार्थ गौतमबुद्ध क्याम्पस इकाइ समितिद्वारा आयोजन गरिएको “म स्वस्थ, क्याम्पस स्वस्थ, देश स्वस्थ” भन्ने नारासहितको आधारभूत स्वास्थ्य तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको हो।कार्यक्रम इकाइ संयोजक गणेश सीको अध्यक्षतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा नेकपा माओवादीका जिल्ला सचिव बिरेन्द्र सी, स्त्री तथा महिला रोग विशेषज्ञ डा. बिन्दु खरेल, क्याम्पस प्रमुख गोपाल चापागाईं, जनस्वास्थ्य निरीक्षक अर्बिन्द चन्द, अखिल (समाजवादी) लुम्बिनी प्रदेश सह-इन्चार्ज बिष्णु बहादुर राउत (बिज्ञान), नेसनल प्याथ ल्याब प्रमुख प्रकाश न्यौपाने, जिल्ला अध्यक्ष पदम नेपाली लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
विद्यार्थी नेता बिष्णु बहादुर राउतले रुपन्देहीका अन्य शैक्षिक संस्थाहरुमा समेत यस्तै रचनात्मक कार्यक्रम आयोजना गर्ने तयारी गरेको बताए ।











