ट्रेन्डीङ्ग

नेकपा एमालेद्वारा परासीमा संसद पुनःस्थापना गर्ने मागसहित प्रदर्शन

परासी।नेकपा एमाले पश्चिम नवलपरासीले सदरमुकाम परासीमा बृहत् विरोध प्रदर्शन गरेको छ।पार्टीले अन्तरिम सरकारलाई असंवैधानिक भन्दै संसद् पुनःस्थापना गर्ने मागसहित प्रदर्शन गरेको हो।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज तथा एमाले केन्द्रीय सदस्य सरिता खनाल भुसालले विदेशी शक्ति र इसारामा बनेको भन्दै अन्तरिम सरकारले संविधान र लोकतन्त्रमाथि प्रहार गरिरहेको आरोप लगाइन।उनले एमाले सदैव देश र जनताको पक्षमा उभिएर लोकतन्त्र तथा संविधानको रक्षा गर्न प्रतिवद्ध रहेको बताइन।


पार्टी कार्यालयबाट निस्किएको र्‍याली बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।कोणसभामा एमाले केन्द्रीय सदस्य बिमला अर्याल, लुम्बिनी प्रदेश कमिटी सदस्य विरेन्द्र यादव, जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धिरज शर्मा बस्याललगायत नेताहरूले सम्बोधन गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?