
परासी।पश्चिम नवलपरासीको भूमहीस्थित जगन्नाथ माध्यमिक विद्यालयका विद्यार्थी योगेश सापकोटालाई एसईई २०८२ मा ४ GPA ल्याएको अवसरमा एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ।
सापकोटाले प्रारम्भिक नतिजामा गणित विषयमा ए ग्रेड प्राप्त गरे पनि पुनःपरीक्षणपछि ए+ ग्रेड प्राप्त गर्दै पूर्ण ४ जिपिए हासिल गरेका हुन्।जगन्नाथ तीन वर्षदेखि सामुदायिक विद्यालय विद्यार्थी तर्फबाट जिल्ला प्रथम भएको छ।
जिल्लामा उत्कृष्ट नतिजा दिँदै आएको जगन्नाथले सुनवल नगरपालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पछि पार्दै उत्कृष्ट नतिजा हासिल गरेको विद्यालय प्रधानाध्यापक कर्ण बहादुर राहाडी मगरले बताए।
कार्यक्रमका सभापति धर्मागत भुसाल रहे भने प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद बगाले सहित कार्यक्रममा वडा नं. १२ का अध्यक्ष चुरामणी पौडेल, वडा नं. ११ का अध्यक्ष कमल चुवाइ तथा पूर्व बिव्यस अध्यक्षहरू रामबहादुर क्षेत्री, उपेन्द्र प्रधान, भवानीशंकर चौधरी र बीरबहादुर राना लगायत शिक्षक, अभिभावक, टोल शिक्षा समिति, शिक्षक–कर्मचारी, र विद्यार्थीहरूको उपस्थिति रहेको शिक्षक गणेश कुमार अर्याल जानकारी दिए।











