
सुनवल।सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको ३०औं साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रममा सहकारीका अध्यक्ष यमलाल पाण्डेले बार्षीक प्रतिबेदन,सचिब रमेश पराजुलिले निति तथा कार्यक्रम प्रतिबेदन, कोषाध्यक्ष देबु भट्टराई आर्थिक प्रतिबेदन तथा अनुमानित आय व्याय प्रतिबेदन,आर्थिक बर्ष २०८१/८२ को लेखा परिक्षण प्रतिबेदन,लेखा सुपरिवेक्षण समिती समिति संयोजक रमेश बरालले प्रस्तुत गरेको प्रतिबेदन सभाले अनुमोदन गरेको छ ।
२ हजार ७ सय १४ जना सेयर सदस्य रहेको सस्थाको कुल सेयर पूँजी रु ५ करोड ९२ लाख बराबर रहेको छ । आर्थिक बर्ष २०८१/८२ एक करोड १९ लाख रुपैयाँ बराबर नाफा गर्नुका साथै कार्यक्रममा १२ जना विद्यार्थीलाई अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको सहकारीका उपाध्यक्ष जयराम बस्यालले जानकारी दिए।
संस्थाको कार्यक्षेत्र सुनवल नगरपालिका, बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा फैलिएको छ।
कार्यक्रममा अध्यक्ष यामलाल पाण्डेले सभाको अध्यक्षता सुनवल नगरपालिका नगर उपप्रमुख सूर्यप्रसाद दुबे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमा वडा १२ का अध्यक्ष चुरामणि पौडेल वडा ११ का अध्यक्ष कमल चूवाई, सस्थाका पुर्व अध्यक्ष सल्लाहकार लगायतको उपस्थिति रहेको थियो।