
परासी।निर्माणाधीन लोक सांस्कृतिक संग्राहलय सहयोगार्थ शुरु हुन लागेको तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ। भोलि(बिहीबार) असोज २३ गतेदेखि राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नवलपरासीद्वारा सुनवल-१३ बडेरा सुन्दरबस्तीमा संचालन हुन लागेको तेस्रो लोक सांस्कृतिक महोत्सवको तयारी तिव्र बन्दै गएको छ।महोत्सव स्थल बडेरा सुन्दरबस्तीमा स्टल निर्माण,विभिन्न जातजातिकाका संस्कृती झल्काउने घरहरु निर्माण गरिएको छ।
महोत्सवलाई सफल र सम्पन्न बनाउनका लागि गठित बिभिन्न उपससमितीहरुले आफ्नो कामलाई तिव्रता दिएका छन भने महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको प्रतिष्ठान कि अध्यक्ष श्यामकला भण्डारी जानकारी दिइन।
आयोजक समितिलेले सवै क्षेत्रमा पुगेर संघ सस्था, सुरक्षा निकाय, छलफल गरि महोत्सवलाई कसरी प्रभावकारी बनाउने र स्थानीय स्तरमा रहेका विभिन्न कला, संस्कृति, कृषि, व्यापार तथा उद्योग लगायतका सामग्री र प्रस्तुतिहरुलाई उल्लेख्य मात्रमा मेलामा कसरी बढी भन्दा बढी सहभागिता गराउने भन्ने विषयमा छलफल सम्पन्न गरेको मेला व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठ बताए।
मेलामा १ लाख राशीको लोकदोहोरी प्रतियोगिता सहित नृत्य प्रतियोगिता विभिन्न बिद्याका प्रतियोगिता हुने मेलाका सांस्कृतिक संयोजक भरत कामुले जानकारी दिए।
एघार दिनसम्म सञ्चालन हुन लागेकोे उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका विभिन्न विधाका ५ दर्जन भन्दाबढी कालाकारहरुको प्रस्तुति रहने बताईएको छ ।