ट्रेन्डीङ्ग

सुनवलमा लोक सांस्कृतिक संग्रहालय निर्माणार्थ असोज २३ गतेदेखि तेस्रो महोत्सव हुँदै

परासी।पश्चिम नवलपरासीको सुनवलमा १३ बडेरामा तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा यही असोज २३ देखि कात्तिक २ गते सम्म महोत्सव हुन लागेको हो।

प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि लोक संस्कृतिको जर्गेना गर्दे नवलपरासीका पर्यटकीय तथा धार्मिक स्थलको प्रर्वद्धनका साथै लोक सांस्कृतिक संग्रहालय निर्मानार्थ महोत्सव गर्न लागिएको जानकारी दिएको छ।प्रतिष्ठानका अध्यक्ष श्यामकला भण्डारीले पछिल्लो समय मेला–महोत्सवको नाममा विकृति बढ्दै गएको भन्दै संस्कृतिको जर्गेना गर्ने र स्थानीय कला संस्कृतिको उजागर गर्ने गरि महोत्सवको आयोजना गरिएको जानकारी दिइन।

महोत्सवमा लोक दोहोरी प्रतियोगितालाई मुख्य आकर्षणको रुपमा राखिएको छ । मौलिकतामा आधारित खुल्ला लोकदोहोरी प्रतियोगिता महोत्सव अवधिभर सञ्चालन हुने अध्यक्ष भण्डारीले बताइन। प्रतियोगितामा प्रथम पुरस्कार एक लाख रुपैयाँ, दोस्रो पुरस्कार ५१ हजार, तृतीय ३१ हजार र सान्त्वना पुरस्कार २१ हजार रुपैयाँ राखिएको छ । साथमा भजन प्रतियोगिता, लोकगीत तथा नृत्य प्रतियोगिता पनि राखिएको छ ।

मेलामा एक सय व्यवासायिक स्टल रहनुका साथै विभिन्न जातजातिका भेषभुषा र परम्परा समेटिएका संस्कृति प्रर्दशनी गर्नुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहने कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए।

मेलाको व्यवस्थापन जय माता दि एम्युट्मेन्टले गरेको छ भने मिडिया पाटनर सफल पोष्ट र रेडियो परासी ९०.२ मेघाहर्ज रहेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal