
परासी।पश्चिम नवलपरासीको सुस्ताबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको खसीबोका नियन्त्रणमा लिएको छ।पिकअपमा ३३ वटा खसीबोका बोकेको पिकअप नियन्त्रणमा लिएको छ।
सुस्ता गाउँपालिका-२ महलबारीमा बर्दघाटतर्फ जादै गरेको पिकअप प्रहरीले चेकजाँच गर्दा शंकास्पद बिल-बिजक सहित खसी बोका बोकेको ग ३ च ४५२९ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो।पिकअपभित्र ३१ वटा खसीबोका फेला पारेको थियो।तीमध्ये एक खसी मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।
घटनामा संलग्न पिकअप चालक नवलपुर विनयी त्रिवेणी-२ का ३४ बर्षिय विश्वास परियार र खसी धनि प्रतापपुर-९ का ३२ बर्षिय दीपेश ठाकुरलाई नियन्त्रणमा लिएर नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको प्रहरीले बताएको छ।