ट्रेन्डीङ्ग

भडरीमा भदौ ७ गते देखि सुरु हुने भलिबल प्रतियोगिताको तयारी पूरा

सुनवल। पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६ औं गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ। हरेक वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३२ हजार ५ सय ५५ सहित शिल्ड प्राप्त गर्नेछ।द्वितीय हुने टिमले नगद २१ हजार ५ सय ५५ शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ११ हजार ५ सय ५५ र शिल्ड एवम् सान्त्वना हुने टिमले नगद ५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष नरेश यादवले जानकारी दिए ।यस्तै गरी विभिन्न सात विधामा पनि खेलाडीहरूलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

स्थानीय युवामा खेलप्रति रुचि बढाउने र आपसी सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक विजय यादवले बताए। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको  खेल संयोजकले जानकारी दीए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal