ट्रेन्डीङ्ग

जनसेवामा कक्षा ११ नियमित सुरु, अफवाह नफैलाउन विद्यालयको आग्रह

सुनवल।सुनवल -६ विसासयस्थित जनसेवा माध्यमिक विद्यालयले कक्षा ११ को अध्ययन सत्र साउन ४ गते (आइतबार)देखि नियमित रूपमा सुरु हुने जानकारी दिएको छ।विद्यालयले सिभिल इञ्जिनियरिङ, विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा भर्ना प्रक्रिया सकारात्मक ढंगले अघि बढिरहेको स्पष्ट पार्दै भ्रामक सूचना फैलाउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ।

विद्यालयका अनुसार भर्ना प्रक्रियालाई लिएर बाह्य तत्वहरूद्वारा नियोजित रूपमा विद्यालयको छवि बिगार्ने, तथ्यहीन र आधारहीन अफवाहहरू फैलाइएको पाइएको छ। यस्ता कार्य विद्यालयको प्रतिष्ठा र शैक्षिक गुणस्तरमा आँच पुर्‍याउने नियतले गरिने भएकाले विद्यालयले अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई यस्ता हल्लाप्रति विश्वास नगर्न आग्रह गरेको छ।

विद्यालयले शिक्षा ऐन तथा कानूनविपरीत भ्रम सिर्जना गर्ने गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाहीको चेतावनी पनि दिएको छ। यस्तै, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र पठनपाठनमा कुनै पनि कमजोरी नआओस् भन्नेमा आफूहरू गम्भीर रहेको विद्यालयले स्पष्ट पारेको छ।

विद्यालयका प्रधानाध्यापक फान प्रसाद श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा, आगामी साउन ४ गतेदेखि सबै संकायका कक्षा ११ का पठनपाठन नियमित रूपमा समय तालिका अनुसार सुरु हुने जानकारी दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?