ट्रेन्डीङ्ग

भुमहीमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षणमा २ सय ७ जनाले सेवा लिए

भुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ मा नि:शुल्क जेष्ठ नागरिक स्वास्थ्य परीक्षण शिविरमा  २ सय ७ जनाले सेवा लिएका छन।

सुनवल वडा नं १२ वडा कार्यालयको सहयोगमा तथा रामनगर स्वास्थ्य चौकी र पृथ्वीचन्द्र अस्पतालको प्राविधिक सहयोगमा भएको दुई दिने शिविरमा १ सय २९ जना महिला र ७९ जना पुरुषको स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष चुरामणि पौडेलले बताए।

शिविरबाट २ सय ७ जना जेष्ठ नागरिक आमाबुवाहरुको स्वास्थ्य परीक्षण तथा नि:शुल्क औषधी वितरण गरिएको रामनगर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव सुमित्रा दर्जीले जानकारी दिईन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?