ट्रेन्डीङ्ग

सरकारी कर नीतिविरुद्ध परासीमा सुनचाँदी व्यवसायी आन्दोलित

परासी।सरकारी कर नीतिविरुद्ध पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन।सरकारले हालै बजेट भाषणमा सुन चाँदी व्यवसयीहरुलाई बिलासिता बस्तुमा कर लागाएको र कर खारेजी माग गदै सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीमा बिरोध प्रर्दशन गरेका हुन्

उनीहरुले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत ज्ञापनपत्र पठाउदै सरकारलाई बिलासिता बस्तूको कर खारेजीको माग समेत गरेका छन।उनीहरुले विलासिता बस्तुको कर र व्यवसयीमैत्री निती ल्याउन माग गरिएको सुनचाँदी व्यवासयी संघका जिल्ला अध्यक्ष अर्जुन सुनारले बताए।उनले भने सुनको भन्सार ६ प्रतिशत कायम गर्न समेत सरकारसंग माग गरीएको बताए।

सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र १३ प्रतिशत भ्याट कर लागएको भन्दै यसलाई तुरुन्त खारेजी गर्न माग गरिएको सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य राजेन्द्र सुनारले बताए । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरीएको महासंघका केन्द्रिय सदस्य भिमसिंह बि।कले बताए।

उनले भने सरकारको बिलासिता बस्तुमा लागाईएको करले आम उपभोक्ता पनि मर्का समेत पर्न भएकोले सरकारले उक्त कर अबिलम्ब हटाउनुपर्ने र सुन व्यवासयीहरुलाई काम गर्न बतावरण सिर्जना गर्न र व्यवसायीमैत्री नीति बनाउन ल्याउनुपर्नेमा माग गरिएको सघका सचिव देबेन्द्र सुनारले जानकारी दिए।

जिल्लामा एक सय ६० जना सुनचाँदी व्यवसायीहरु रहेका छन । उनीहरुले आफ्नो पसलहरु बन्द गरी बिरोध प्रर्दशन गरेका थिए।अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?