ट्रेन्डीङ्ग

जनशक्ति युवा क्लब बडेरा भरतपुर गोल्डकपको सेमिफाइनल प्रवेश

भरतपुर।नवलपरासीको जनशक्ति युवा क्लब बडेराले चौथो पेन्गुईन भरतपुर–२४ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सिद्धार्थ माविको मैदानमा सम्पन्न खेलमा जनशक्तिले माडीको स्टार स्पोर्ट्स क्लबलाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको पहिलो मिनेटमै निरबहादुर थापाले निर्णायक गोल गरेका थिए। सुरज चौधरीको असिस्टमा गरिएको उक्त गोलले जनशक्तिलाई जित दिलाउनुका साथै साविक विजेता स्टार स्पोर्ट्सलाई प्रतियोगिताबाट बाहिर पु¥यायो। निरबहादुर थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा प्याराडाइज युथ क्लब सिसुवार र रामपुर फुटबल क्लब रड्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ४ बजे सुरु हुने आयोजकले जनाएको छ।

भरतपुर-२४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा भइरहेको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ। जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ट्रफीसहित रु. ३ लाख ३ हजार र उपविजेताले रु. १ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal