ट्रेन्डीङ्ग

सुनवलमा कोदालो प्रहारबाट बुबा र छिमेकीको हत्या

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा आज बिहान एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन।२७ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ।

प्रहरीका अनुसार, बिहान करिब १०:३० बजे हेमराजले बुबाको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारमाथि पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यलयका प्रमुख अनुपम श्रेष्ठ सहितको टोलिले घटनाको जानकारी पाउनेबित्तिकै सम्भावित भाग्ने मार्गहरूमा नाकाबन्दी गर्दै हेमराजलाई पक्राउ गरिएको जनाएको छ।

हत्या गर्नुको कारण हालसम्म खुलेको छैन।घटनास्थलको अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal