ट्रेन्डीङ्ग

सुनवलका मेयर र पूर्व उपमेयर बीच सामाजिक संजालमा वाकयुद्द

सुनवल।सुनवल नगरपालिकामा एमालेका दुई नेताबीच सामाजिक सञ्जालमै वाकयुद्ध भएको छ।पुर्व उपमेयर दधिराम अर्याल र अहिलेकी मेयर विमला अर्याल दुबै नेकपा (एमाले)बाट निर्वाचित हुन।उनीहरूबीचको जुवारी फेसबुकमा देखिएको हो।

दधिराम अर्यालले एक पोस्टमा व्यङ्ग्य गर्दै लेखे, “केही कुरामा अगाडी छौं सर, हामी फोटो सेसन मा।” यसको जवाफमा मेयर विमला अर्यालले कडा रूपमा प्रतिक्रिया दिँदै भनिन्, “जनताले कसले कति काम गर्‍यो भन्ने मूल्याङ्कन गर्छन्, हाम्रो पालामा बजेट कम हुँदा पनि धेरै काम भएका थिए।”

विमलाले थप भनिन्, “हामीले वर्ल्ड बैंकको प्रोजेक्ट ल्यायौं, राजस्व बढायौं, र सस्तो बजेटमै धेरै काम गर्‍यौं।” उनले दधिरामको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै “थिक्कार छ!” भन्ने शब्दसमेत प्रयोग गरिन्।

दधिरामले फेरि जवाफ दिँदै भने, “मैले तपाईंलाई केही भनेको होइन, जे देखे सोही लेखेको हुँ।” तर विमलाले पुनः भनिन्, “हाम्रो पालामा लगाइएको गुणको विरोध गर्नु दुःखद छ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal