ट्रेन्डीङ्ग

लिटिल एन्जेल्स हाई स्कुल परासी आइएसओ मान्यता प्रक्रियामा प्रवेश

परासी।पश्चिम नवलपरासीको रामग्राम-३ परासी  स्थित लिटिल एन्जेल्स हाइ स्कुल आइएसओ मान्यता प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको छ।अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको शिक्षण प्रक्रिया र प्रशासनिक संरचना निर्माण गर्दै आएको लिटिल एन्जेल्स हाई स्कूल नवलपरासीमै पहिलो आइएसओ मान्यता प्राप्त गर्ने प्रक्रियामा औपचारिक रुपमा प्रवेश गरेको हो।

विद्यालयमा एक कार्यक्रमका बिच आइएसओका प्रतिनिधि नारायण दवाडीले आइएसओ प्रक्रियाको प्रारम्भिक मान्यता स्वरूपको लोगो विद्यालयका प्राचार्य आचार्यलाई हस्तान्तरण गरेका छन ।

आइएसओ चिन्ह प्रदान गदै दवाडीले आइएसओ प्रमाणिकरण मान्यता प्राप्त गर्न विभिन्न ४८ प्रकारका प्रक्रिया पुरा गर्नु पर्ने आवस्यकता रहेको बताए । आइएसओ प्रक्रिया कुनै एकदिने उपलब्धि नभई शैक्षिक संस्कारको निर्माण भएकोले विद्यालयलाई अन्तर्राष्ट्रिय मापदण्डमा ढाल्न मद्दत गर्ने बताउदै शिक्षा प्रणालीमा थप पारदर्शिता,विश्वसनीयता र गुणस्तर ल्याउने विश्वास व्यक्त गरे।

त्यसैगरी जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति यादवले आइएसओ चिन्हले बिद्यालयको शैक्षिक गुणस्तर र बिद्यालय प्रगति हुने जोड दिए ।उनले आइएसओ चिन्हले जिल्लाकै पहिचान र मान प्रतिष्ठान बढाएको बताए ।

विद्यालयले आगामी तीन वर्षभित्र आवश्यक सम्पूर्ण मापदण्डहरू पूरा गर्दै पूर्ण आइएसओ प्रमाणीकरण प्राप्त गर्ने लक्ष्य लिएको विद्यालयका प्राचार्य सुमन गोपाल आर्चयले जानकारी दिए।आइएसओ प्रक्रियामा सामेल हुनु विद्यालयको दीर्घकालीन लक्ष्य र प्रतिबद्धताको हिस्सा रहेको बताउँदै आगामी एक वर्षभित्र सम्पूर्ण संरचना,प्रणाली र शैक्षिक प्रवाहलाई आइएसओ मापदण्ड अनुसार परिष्कृत गर्दै पूर्ण आइएसओ प्रमाणीकरण प्राप्त गर्ने तयारी भइरहेको प्राचार्य आचार्यले जानकारी दिए ।

कार्यक्रमकै हालै सम्पन्न आधारभूत तहको परिक्षामा चार जीपीए ल्याएकी छात्रा सदिक्षा गुप्तालाई विद्यालयले नगद रु. दश हजारको चेक हस्तान्तरण गर्दै विशेष सम्मान प्रदान गरेको हो ।विद्यालयले आगामी दिनहरूमा पनि मेहनती र उदाहरणीय विद्यार्थीहरूलाई सम्मानद्वारा प्रोत्साहन गर्ने योजना रहेको आचार्यले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?