ट्रेन्डीङ्ग

गन्तव्य एग्रो भिलेज रिसोर्टमा गायक राज सिग्देलको सांगीतिक साँझ हुँदै

परासी।पश्चिम नवलपरासीको बर्दघाट-२ सुखौरा खुर्सानीबारी स्थिति ग्रामिण पर्यटकीय गन्तव्यस्थल बनाउने उदेश्यले सांगीतिक साँझ हुने भएको छ।नयाँ बर्षको अवसरमा चैत्र २९ गते सुक्रबार खुर्सानी बारीमा रहेको  गायक राज सिग्देलको विशेष सांगीतिक साँझ आयोजना हुने भएको हो।

गन्तव्य एग्रो भिलेज रिसोर्टको आयोजनामा एव रामनगर जेसिजको सह-आयोजनामा ग्रामिण कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरियाली वातावरण, मगर संस्कृतिको विशेषता सहितको आयोजना हुन लागेको कार्यक्रमले स्थानीय र बाह्य पाहुनाहरू दुवैलाई आकर्षण गर्ने अपेक्षा गरिएको रिसोर्ट संचालक कृष्ण क्षेत्री (नेपालीमान्छे)ले बताए। कार्यक्रममा सहभागी हुने टिकटमा भुमहीदेखि रिसोर्ट सम्म जाने यातायात सहित विशेष व्यवस्था रहेको क्षेत्रीले जानकारी दिए।

कार्यक्रममा गायक राज सिग्देलले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन। “उ जितेर गैइ, रुनलाई त होनि माया लाउनी, आधीरात थियो जुनेली ,न त तिमी फुल हौ,च्यानाकुटी झ्याई लगायत हिट गीतमार्फत सिग्देलले सांगीतिक प्रस्तुति दिनेछन।सांगीतिक साँझमा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा परिवारसहित सहभागी भई रमाइलो साँझ बिताउन सबैलाई आग्रह गरिएको आयोजक समितिले जनाएको छ।गन्तव्य एग्रो भिलेज रिसोर्टले ग्रामीण पर्यटनलाई अर्गानिक खाना परिकारको सञ्चालन गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal