
परासी।पश्चिम नवलपरासीमा नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्यकर जीवनशैली प्रबर्द्धन सम्बन्धी एक दिने अभिभुखिकरण गरिएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा स्वास्थ्यकर्मी विद्यालयका ,क्याम्पस , सामाजिक अगुवा ,जनप्रतिनिधि धामी झाँक्री अन्य सरोकारवालासँग नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्यकर जीवनशैली प्रबर्द्धन सम्बन्धी एक दिने अभिभुखिकरण गरिएको हो ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रसन्न मान महर्जनले नसर्ने रोगहरूबारे सशक्तीकरण गर्ने ,समुदायलाई सुसूचित गर्ने जानकारी दिने ,सुर्तीजन्य तथा मादक पदार्थको बिक्रीबितरण तथा प्रयोगमा नियमन गर्ने,मानसिक स्वास्थ्य प्रबर्द्धन लगायतका बारे जानकारी गराएका थिए।जिल्लामा दुई हजार ८ सय २४ जनालाई नमुना परीक्षण गरिएको महर्जनले बताए।उनको अनुसार शङ्कास्पद एक दुई हजार ६४ जना रहेको जसमध्ये शंकास्पद मधुमेह एक हजार ३२ जना भेटिएको जानकारी दिए । पिसाब परीक्षण गर्दा पिसाबमा प्रोटिन चार सय ६४ भेटिएको महर्जनले बताए ।
स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत निरज रानाले विश्वभर सरदर चार करोड १० लाख मानिसको नसर्ने रोगबाटमुत्यु हुने गरेको जानकारी दिए । नेपालमा ७१ प्रतिशत मुत्यु कारण नसर्ने रोग रहको रानाले बताए । नसर्ने रोगहरू जिवनशैली, बशानुगत वाताकरणी प्रभावको कारण लाग्ने गरेको रानाको भनाई थियो।
कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्यका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन ,सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटा, लगायत स्वास्थ्यकर्मीहरूले धारण राखेका थिए ।