ट्रेन्डीङ्ग

भुमहीमा ५ दिने प्रदेशस्तरीय शैक्षिक र सांस्कृतिक मेला हुने

भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने  प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला हुने भएको छ।रामनगर जेसिजको आयोजनामा यहि फागुन १५ देखि १९ गते सम्म मेला आयोजना गरिएको छ।

लुम्बिनी प्रदेश सरकार संगको समन्वयमा प्रदेशका सबै जिल्लाका मावि तहका विद्यालयका प्रधानाध्यापकहरुलाई कार्यक्रममा तालिम प्रदान गर्ने योजना रहेको आयोजक रामनगर जेसिजका अध्यक्ष रमेश पराजुलीले जानकारी दिए।मेलाको पुर्व सन्ध्यामा भुमहीमा पत्रकार सम्मेलन गर्दै ५ दिन संञ्चालन हुने मेलामा दिनभर शिक्षा केन्द्रित गतिविधि र साँझ सांस्कृतिक कार्यक्रम संञ्चालन गर्ने योजना अध्यक्ष पराजुलीले बताए।

मेलामा पाँच दिनसम्म शिक्षक तथा प्रधानाध्यापकहरुलाई तालिम, विद्यार्थीहरुलाई नेतृत्व विकास, लागुऔषध सम्बन्धि सचेतना लगायत विभिन्न संघ संस्थाका नेतृत्वकर्ताहरुलाई भाषणकला तालिम लगायतका कार्यक्रमको व्यवस्था गरिएको जेसिजका पुर्व अध्यक्ष बलराम चापागाईले जानकारी दिए।

सांस्कृतीक कार्यक्रममा विभिन्न जातजाती भाषाभाषिका कला संस्कृति प्रस्तुत गर्नुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम संयोजक कृष्ण क्षेत्री(नेपालि मान्छे) जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal