ट्रेन्डीङ्ग

जगन्नाथ माविमा सेपाक ताक्रो खेल प्रशिक्षण सुरु

सुनवल।जगन्नाथ माध्यमिक विद्यालय, भूमहीमा सेपाक ताक्रो खेल प्रशिक्षणको सुरुवात भएको छ। विद्यालयमा आइतबार एक कार्यक्रम मार्फत प्रशिक्षण सुरु गरिएको हो।

विद्यार्थीलाई शैक्षिक तथा खेल क्षेत्रमा समावेश गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर रहादीले बताए। उनले खेलकुद गतिविधिले विद्यार्थीको शारीरिक विकासका साथै मानसिक तन्दुरुस्तीमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख सुर्य दुबे, नेपाल सेपाक ताक्रो संघका केन्द्रीय अध्यक्ष नेत्र गुरुङ, केन्द्रीय उपाध्यक्ष लोकमणि आत्रेय र गंगा गुरुङ, नवलपरासी जिल्ला अध्यक्ष भविश्वर चापागाई, राष्ट्रिय खेलाडी एवं प्रशिक्षक नर बहादुर कानुङ र पदम ठाडा मगर तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

सेपाक ताक्रो खेल नेपालमा अभ्यास क्रमशः बढ्दै गएको खेल सिंगापुर र भियतनाममा विशेष रूपमा लोकप्रिय छ। यो खेलमा एक टिममा दुई, तीन वा चार जना खेलाडी सहभागी हुन सक्छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal