ट्रेन्डीङ्ग

भुमहीको टायर गोदाममा भीषण आगलागी, करोडौंको क्षति अनुमान

सुनवलपश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीस्थित टायर तथा मोबिल गोदाममा गए राति भीषण आगलागी भएको छ। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार आगलागीमा परेर गोदाममा रहेका सबै टायर तथा मोबिल पूर्ण रूपमा नष्ट भएका छन।

व्यवसायी लेखनाथ खरेलको स्वामित्वमा रहेको उक्त गोदाममा मंगलबार राति करिब १ बजेदेखि लागेको आगोले टायर तथा मोबिल जलेर खरानीमा परिणत भएको हो।आगलागीका कारण नजिकै रहेका केही घरमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्ने क्रममा व्यवसायी खरेल समेत सामान्य घाइते भएका छन।

रामग्राम,बर्दघाट देवदह र सिद्दार्थनगर नगरपालिकाको चार वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो।आगलागीको कारण यकिन भइसकेको छैन भने क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको जनाइएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको हुन सक्ने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?