सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडद्वारा सरस्वति पुजाको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ।सहकारीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नया भर्ना भएका २ सय ६५ जना विधार्थीलाई कापी, कलम र ईलेजर वितरण गरिएको सस्थाकी सचिव देवकला खनालले जानकारी दिइन।
सस्थाका संचालक समिति, उपसमिति कर्मचारी तथा सेयर सदस्यबाट विभिन्न अवसरमा स्थापना गरिएको संकलन गरिएका स्टेसनरी सामाग्री सुनवल नपा ११,१२ र १३ वडा (साबिक रामनगर गाबिस) भित्रपर्ने सामुदायिक विद्यालयमा नया भर्ना भएका विद्यार्थी भाईबहिनीहरुको शिक्षामा केही सहज र परिवर्तन होस,भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरीएको सहकारी अध्यक्ष डोलराज भण्डारी बताए।
सहकारीले जगन्नाथ मावि ७५ जना, धान्याञ्चल मावि ३० जना, वाकवाणी मावि जर्गाह २७ जना, धान्याञ्चल महायज्ञ सेवा सदन ब्लक २०,जनता आवि हरकट्टा १८ जना, जय दुर्गे आवि फरौली २० जना, बाबा बर्दगोरिया आवि १९ जना, सार्वजनिक आवि मिश्रौलि २१ जना, बनदेबि प्रावि घुउडल्ला २७ जना, जनशक्ति आवि धुर्कोट ५ जना,जयश्री आवि ३ जना गरि ११ विद्यालयका २ सय ६५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।