ट्रेन्डीङ्ग

सरस्वती मावि उदियाचौरको स्वर्ण महोत्सव तयारी तीव्र,बुटवलमा भब्य भेला सम्पन्न

बुटवल।स्याङ्जाको तत्कालीन पेलाकोट गाविसको खानिडाडां उदियाचौर र हालको वालिङ नगरपालिका १३ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यालय स्थापना भएको ५० बर्ष पुगेको अवसरमा आगामी चैत्र २१,२२ र २३ गते आयोजना गरिएको स्वर्ण महोत्सव तयारीलाई तिब्र पारिएको छ ।

स्वर्ण महोत्सवलाई भब्य बनाउन शनिबार बुटवलमा भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै सविधानसभाका सभा सदस्य मुक्तिप्रसाद पाठकले स्वर्ण महोत्सवलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक बताउदै सबैलाई अभियानमा जोडिन अनुरोध समेत गरे।

कार्यक्रममा समाजसेवी लक्ष्मी प्रसाद डुम्रे,विधालयका प्रधानध्यापक यम बहादुर कुंवर,पुर्व विधार्थी एवम् जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,वालिङ् १३ का वडा अध्यक्ष एवम् व्यवस्थापन समिति अध्यक्ष नमलाल डुम्रे लगायतले उत्सव सफल गराउन सबैले हातेमालो गर्न अनुरोध गरेका थिए ।

पुर्व विद्यार्थी रविन पाठकले भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तर नहुने भन्दै त्यता पनि ध्यान दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा बुद्धिप्रसाद डुम्रेको संयोजकत्वमा ५१ सदस्यीय समन्वय समिति चयन भएको छ । जसको सहसंयोजक ध्रुव पाठक,सचिव खेम पाठक,सहसचिवमा सिमा विक,प्रचारप्रसार बुटवल क्षेत्र संयोजकमा शिव डुम्रे,संहसंयोजकमा प्रदिप पाठक चयन भएका छन।

रुपन्देही,कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सो क्षेत्रका सरोकारवालाहरुको भेलाले उक्त समन्वय समिति चयन भएको हो।

गत माघ २१ गते वसन्त पञ्चमीको अवसरमा विद्यालयमा आयोजना गरिएको सरस्वती मन्दिर शिलान्यास कार्यक्रम गरेर महोत्सवलाई थप तिव्रतामा लगिएको मुल समारोह समितिका सचिवालय सदस्य एवम् प्रचारप्रसार समितिमा संयोजक प्रकाश डुम्रेले बताए ।

अभिभावकहरुको मागलाई आत्मसात् गर्दै आवासीय विधालय सञ्चालन गर्ने उद्देश्य सहित स्वर्ण महोत्सव मनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमलाल डुम्रेले जानकारी गराए । विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ,स्थानीय बुद्धिजीवी, समाजसेवी,पुर्व विधार्थीहरु लगायत सरोकारवालाहरुको वृहत् छलफल तथा परामर्शले विधालयलाई आवासीयरुपमा सञ्चालन गर्ने उद्देश्यले स्वर्ण महोत्सव मनाउने निर्णय गरिएको अध्यक्ष डुम्रेको भनाइ थियो ।

भेलाले स्वर्ण महोत्सव तयारीका लागि मूल आयोजक समितिसमेत गठन गरेको छ । अध्यक्ष डुम्रेको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक यामबहादुर कुँवरले जानकारी गराए ।

विधालयको भेलाले भेलालेले ९ वटा विभिन्न उपसमितिसमेत समेत गठन गरेको छ ।

भेलाले प्रचारप्रसार समिति संयोजकका प्रकाश डुम्रे,सल्लाहकार समिति संयोजकमा पुर्व सांसद मुक्ति पाठक अभिभावक भेटघाट तथा समन्वय समिति संयोजकमा हेमन्त गैरे,युवा परिचालन समिति संयोजकमा दिपेस पाठक(राजु),अतिथि सत्कार समिति संयोजकमा घनश्याम पाठक लगायतका ९ वटा उपसमिति गठन गरिएको छ ।

स्याङ्जाको साविकको पेलाकोट,सिर्सेकोट,थुमपोखरा र तिन्दोबाटे क्षेत्रका विधार्थीहरु उक्त विधालयमा पठनपाठन गर्दै आएका छन् ।२०३२ सालमा स्थापना गरिएको उक्त विधालय सुरुमा कक्षा ३ सम्म सञ्चालन गरिएको थियो। पछाडि क्रमशः ५,७, १० हुदै १२ कक्षासम्म पठनपाठन हुदै आएको छ । पछिल्लो समय ग्रामीण भेगमा बसाइँसराइका कारण विधार्थी सङ्ख्या कम हुदै गएपछि आवासीय विधालयको अवधारणा अनुसार अगाडि बढेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?