ट्रेन्डीङ्ग

रामनगर बृहत खानेपानी आयोजनाको ५औं साधारणसभा सम्पन्न

सुनवल।रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजनाको ५औं साधारण सभा सम्पन्न भएको छ।आयोजनाका अध्यक्ष विष्णु प्रसाद अर्यालको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सूर्यप्रसाद दुबेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सम्पन्न भएको हो।

प्रमुख अतिथि एवम् सुनवल नगर उपप्रमुख दुबेले नगर क्षेत्रका सबै खानेपानी सेवाहरूको न्यूनतम शुल्कमा एकरूपता कायम गरिएको बताए। उनले न्यूनतम ५ हजार लिटर पानी निःशुल्क वितरण गर्दै आएको जानकारी दिँदै विपन्न नागरिकलाई धारा जडान निःशुल्क गरिएको र विस्तारै न्यूनतम पानीको परिमाण वृद्धि गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, पानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन डिप बोरिङ प्रणाली सञ्चालनका लागि आयोजनासँग ७०/३० को बजेट संरचनामा कार्य गर्ने गरि बजेट निर्माण गरिने उनले बताए।

कार्यक्रममा सुनवल नगरपालिका प्रवक्ता तथा वडा नं. १३ का अध्यक्ष कृष्ण प्रसाद बगाले, वडा नं. १२ का अध्यक्ष चुरामणि पौडेल (दीपक), कार्यपालिका सदस्य भगवती बस्याल, खानेपानी महासंघ लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैह्रे,विद्यालय व्यवथापन समिति महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष सूर्यप्रसाद न्यौपाने,लोकेश्वर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष गुप्त बहादुर केसी, अधेरी खोला खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष बाल कृष्ण भट्टराई, लगायत उपस्थिति रहेको थियो।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११, १२, १३ तथा रामग्राम वडा नं. ११ क्षेत्रलाई समेट्ने संस्थाले हालसम्म २,५९५ धारा जडान गरिसकेको छ।

कार्यक्रममा अध्यक्ष विष्णुप्रसाद अर्यालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव नरिश्वर पराजुलीले सचिवीय प्रतिवेदन प्रस्तुत गरे। यस्तै, कोषाध्यक्ष देवीलाल डुम्रेले १ करोड ९० लाख ३१ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाका लेखा संयोजक लालु प्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे।

संस्थाका उपाध्यक्ष राजु बस्यालको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रम सचिव नरिश्वर पराजुलीले सञ्चालन गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?