ट्रेन्डीङ्ग

क्रितिपुर २ नम्बरमा तेश्रो स्मृति कप नकआउट ९ ए साइड फुटवल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-३, क्रितिपुर २ नम्बरमा सुरु भएको तेश्रो स्मृति नक आउट ९ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ।

उद्घाटन खेलमा नवज्योति युवा क्लबले आयोजक निलो क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजयी सुरुवात गर्‍यो। खेलको पहिलो हाफमा नवज्योतिको नमराश थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने आयोजक निलोका आशिष थापाले बराबरी गोल गरे।

दोस्रो हाफ गोलरहित रहेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, नवज्योतिको गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिपक पुन मगर म्यान अफ द म्याच घोषित भए।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। विजेता टिमलाई नगद १ लाख, उपविजेता टिमलाई ५० हजार, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई समान ४ हजार, सर्वश्रेष्ठ खेलाडीलाई ५ हजार, दैनिक म्यान अफ द म्याचलाई १ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता माघ २६ गतेसम्म क्रितिपुर २ नम्बरको खेल मैदानमा सञ्चालन हुनेछ। भोलिको खेल सुनवल एफसी र अलपत्र गाइज बनकट्टीबीच हुनेछ।

समुद्घाटन कार्यक्रम क्लबका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षता तथा पुर्व मन्त्री एव लुम्बिनी प्रदेश सभा सदस्य खडग वस्नेतको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता सुरु भएको हो।कार्यक्रममा प्रमुख अतिथि वस्नेतले खेल क्षेत्रलाई राजनीति ठगले ओजेलमा पार्न नहुने बताए।खेल क्षेत्रको बिकास सामान्य राजनीति हिसाबले हेर्ने नहुने बिकासको लागि राजनीति गर्नुपर्ने बताउदै सरकारले गर्नुपर्ने कार्य नवीनतम ढंगले क्रियाकलापको प्रशसा गरेका थिए।खेल क्षेत्रको बिकास र विस्तारका लागि सदैव सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए।

कार्यक्रममा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्याल ,सुनवल वडा ३ का अध्यक्ष पविन गुरुङ ५ का अध्यक्ष नेत्रलाल शर्मा तिवारी लगायत खेल प्रेमीको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal