सुनवल।विनयखोला पुल भासिएपछि भएको सडक अवरुद्ध दुम्कीबासमा डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा आएको छ।
शुक्रबार साँझ ५:३० बजे ६० टन भन्दा धेरै गरुङ्गो सामान बोकेर आएको गाडीका कारण विनय खोला पुल भासिएको थियो।
धुम्कीबास बजारबाट उत्तर सिजी सिमेन्ट निस्कने डाइभर्सन सडक निर्माण गरेर शुक्रबार साढे आठ बजेबाट गाडी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गको दुवैतर्फ रोकिएका सवारी साधनहरूलाई वैकल्पिक मार्गबाट पठाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी जेसी शाहले बताए।
शुक्रबार साँझ ५:३० बजे ६० टन भन्दा धेरै गरुङ्गो सामान बोकेर आएको गाडीका कारण विनय खोला पुल भासिएको थियो। ७४ चक्के भारतीय मालवाहक लरीले हेटौडा स्थित शिवम सिमेन्ट उद्योगको सामान लग्दै गरेको बुझिएको छ।
डिएसपी शाहका अनुसार अत्यधिक भार बोकेको मालवाहक ट्रक दाउन्ने पहाडको उकालो चढ्न नसकेपछि शुक्रबार दिउँसो दुईवटा डोजरले धकेलेर दुम्कीबास पुर्याइएको थियो।