धनुषा।जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन।
सोमबार बिहान ४ बजेतिर पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एकजनालाई भने भाग्दै गर्दा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।बाँकी ८ जनाको प्रहरीले खोजी गरिरहेको छ।
प्रहरीका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल,रोशनकुमार मण्डल,अभास्कर कुमार यादव,विशाल मुखिया र अमितकुमार तथा अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की,मनिष मण्डल र सुमित मेस्तर छन।