ट्रेन्डीङ्ग

रुख ढलेर एक महिलाको मृत्यु

सरावल।पश्चिम नवलपरासीको सरावलमा रुख ढलेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ।सरावल गाउँपालिका १ सालवास स्थित श्रृष्ठी सामुदायिक वन भित्र रहेको घोलामा माछा मार्ने क्रममा रुख ढलेर घाइते भएकी २७ बर्षकी पार्वती चौधरीको मृत्यु भएको हो। 

सिसौको सुकेको रुख ढलेर गर्दनमा चोट लागी घाईते भएकी चौधरीको उपचारकोक्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो।

प्रहरीका अनुसार श्रीमान श्रीमती सामुदायिक वन भित्रको घोलामा माछा मार्न गएको र अचानक सुकेको सिसौको रुख ढल्दा घटना घटेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?