ट्रेन्डीङ्ग

लुम्बिनी प्रदेशका वन मन्त्री कर्मीले दिए राजीनामा

दाङ।लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् ।

कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न पुगेका छन् । उनको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । ‘उहाँविरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दा छ । अहिले अनुसन्धानकै क्रममा छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले भने ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरु फेला परेको बताइएको छ ।

एकल महिला रहेकी निर्मलाको सम्पत्ती हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको बताइएको छ । ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाइरहेका छन् । उनी बाँके क्षेत्र नम्वर ३ ख बाट काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal